दफा १०
मुद्दा छिन्नुपर्ने अवधि
(१) प्रतिउत्तर दाखिल भएको वा प्रतिवादीको बयान भएकोमा सो भएको मितिले र प्रतिउत्तर दाखिल नभएको वा प्रतिवादीको बयान नभएकोमा सो हुने म्याद भुक्तान भएको मितिले नब्बे दिनभित्र मुद्दाको किनारा गर्नु पर्छ ।
(२) उपदफा (१) मा मुद्दा किनारा गर्ने समयका सम्बन्धमा जुनसुकै कुरा लेखिएको भए तापनि सो समय अगाडिनै मुद्दा किनारा गर्न अंग पुगी सकेको भए सो मितिले तीन दिन भित्र किनारा गर्नु पर्छ ।
तर दफा ८ बमोजिम म्याद वा तारिख थमाउन पाउने म्याद र दफा ९ बमोजिम अनुपस्थित प्रतिवादीका तर्फबाट प्रमाण पेश हुन सक्ने म्यादभन्दा अगावै मुद्दा फैसला गर्नु हुँदैन ।